दफा ३८
पारस्परिक कानूनी सहायता उपलब्ध गराउने
(१) यस परिच्छेद बमोजिम पारस्परिक कानूनी सहायता सम्बन्धी कागज प्रमाण संकलन गर्ने तथा प्रमाण बुझ्ने लगायतका कार्य समाप्त भएपछि सोको विवरण अनुसन्धान अधिकारी, अदालत वा सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयले केन्द्रीय अधिकारी समक्ष पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त पारस्परिक कानूनी सहायता सम्बन्धी विवरण केन्द्रीय अधिकारीले कूटनैतिक माध्यम मार्फत विदेशी राज्यलाई उपलब्ध गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त पारस्परिक कानूनी सहायता सम्बन्धी विवरण केन्द्रीय अधिकारीले कूटनैतिक माध्यम मार्फत विदेशी राज्यलाई उपलब्ध गराउनु पर्नेछ ।